हालका अध्यक्ष राज कुमार र निबर्तमान अध्यक्ष अशोक बीच भिडन्त


raj kumar rai
(सेलिब्रेटी नेपाल) २० बैशाख-चलचित्र निर्माता संघको भोलि हुने निर्वाचनको लागि अध्यक्ष पदमा हालका अध्यक्ष राज कुमार राइ र निबर्तमान अध्यक्ष अशोक शर्मा बीच भिडन्त हुने भयको छ । चलचित्र निर्माताहरुलाइ अव एक कार्यकालको लागि भोट दिन आग्रह गर्दै यस अघिको कार्यकाल उत्साह जनक नभएपनि अवको कार्यकालमा राम्रो गर्ने राजकुमारले आफ्नो घोसणा गर्दै वतायका छन् । सात वुदे घोषण पत्रकोसाथमा उम्मेदवारी दिएका राइ पुरै प्यानलका साथ निवर्नचनमा प्रतिस्पर्धा गदैछन । अशोक शर्मा लाई हटायर राजकुमार राई अध्यक्ष भयका थिय अबको चुनाबमा फेरी राजकुमार राई अध्यक्ष हुने वा अशोक शर्मा हुने भोलि टुंगो लाग्ने छ ।
राजकुमार राईले सार्वजनिक गरेको चुनावी घोषणपत्र

१. नेपाली चलचित्रको डिजिटल प्रदर्शन गर्ने क्रममा सर्भर चार्ज, ईन्कोडि चार्ज, भीपिसी लगायतका अनैतिक चार्जहरु निर्मातालाई लगाउदै आएको छ । यी चार्जहरु अन्यायमात्र छैनन् अमानवीय पनि छन्। प्राकृतिक नियम र ब्यावसाय धर्मको आधारमा पनि त्यो आर्थिक भार या त विरकले यात प्रदर्शकले ब्यहोर्नुपनेृ हो तर त्यसो हुन सकिरहेको छैन । निर्माता साथीहरुको विपक्षमा रहेका यी अनैतिक एवं अव्यवसायिक आर्थिक भारको प्रावधान खारेजी गर्न जुनसुकै किसिम कदम चाल्न पनि म प्रतिबद्ध रहने छु ।

२. चलचित्र हलमा कुनै नयाँ चलचित्रको या प्रदर्शन हुन लागेको चलचित्रको ट्रेलर देखाउन महंगो शुल्क लिईदै आएको छ यो भने आउन लागेको चलचित्रको प्रबद्र्धन या प्रोमो हो । यो वितरक र प्रदर्शकको पनि दायित्व भएकाले यसलाई खारेज गर्न या तीनै पक्षले दायित्व बहन गर्ने परिपाटीको निर्माण गर्न पहल र प्रयत्न गर्नेछु ।

३. नेपाली चलचित्रको भीसीडी, डीभीडीको मात्र हैन नेट र अनलाईनमार्फत साईबर पाईरेसी पनि बढेको यसलाई अन्त्य गर्न नोल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय , विश्व बौद्धिकसंघ (वाईपो)संग सहकार्य गरिने छ । साथै अनलाईन पेइंग प्रणालीलाई अभियानका रुपमा अगाडि बढाएर नेपाली चलचित्रको दायरा फराकिलो पारिनेछ ।
४. काठमाण्डौ उपत्यकाका मल्टिप्लेक्सहलमा अझैनि नोली चलचित्रले सहज सहज प्रवेश पाएका छैनन् । एक दिनमा एउटै मात्र चलचित्र चलाउनुपर्ने नियम भए पनि अहिले एकै दिनमा विभिन्न भाषाका चलचित्र चलाउने र सार्वजनिक विदा र चाडबाडका बेला चलचित्र चलचित्र चल्ने समयमा विदेशी चलचित्र नै चलाईने गरिएको छ । राष्ट्रिय चलचित्र विपक्षमा रहेका यस्ता प्रावधानको अन्त्य गर्नका लागि समेत म प्रतिबद्ध रहनेछु ।

५. चलचित्र बिकास बोर्डको स्वायत्तता, बोर्डमा चलचित्र विज्ञको नियुक्ति, सेन्सर मुक्त चलचित्र र चलचित्रलाई राष्ट्रिय उद्योगको मान्यता मेरा मूल मान्यता हुन । यी मान्यताका लागि म जुनसुकै किसिमका कदम चाल्न प्रतिबद्धरहने छु ।

६. चलचित्र निर्माणका लागि आवश्यक अध्ययन, अनुसन्धान नै नगरी बजारलाई चाहिने भन्दा बढी चलचित्र निर्माण हुनु र एकै साता धेरै चलचित्र प्रदर्शन हुने स्थितीले नेपाली चलचित्र संकटमा पुगेको हो । यस तथ्यलाई ध्यानमा राखी एक सातामा बढीमा दुई वटा मात्र चलचित्र गरिने बाताबरण परिपाटी निर्माणका लागि आवश्यक सवै प्रकारको ब्यवस्था गर्न म प्रतिबद्ध रहनेछु ।

७. खासगरी नयाँ चलचित्र निर्मातालई निर्माण,वितरण,प्रदर्शन र करप्रणालीका सम्बन्धमा आवश्यक परमार्श दिन संघमा एउटा समति बनाई आबश्यक कारबाही गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछु ।