‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चैत २८ मा प्रदर्शन हुने यो चलचित्रको यतिबेला मनाङमा छायांकन भैरहेको छ । यसअघि चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काको लुक्स सहितको मोसन पोष्टर सार्वजनिक गरिएको थियो ।

चलचित्रमा प्रदीपसँगै नवनायिका क्रिस्टिना गुरुङ र मनिष राउतको मुख्य भूमिका रहनेछ । दुईसय वर्ष पुरानो प्रेमकथामा बन्ने यो चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । प्रदीप र क्रिस्टिनाका साथै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्मातामा छन् ।