‘प्रेम संसार’ को पहिलो गीत सार्बजनिक (भिडियो )


सेलिब्रेटी नेपाल

काठमाडौँ:मंसिर १३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पहिलो गित सार्बजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित सार्बजनिक गरिएको हो । ‘सुनैना सुनैना’ बोलको सार्बजनिक गितमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । सार्बजनिक गितमा कलाकार प्रेम सोनी र आयुष्मा कार्की फिचर्ड छन् । गितको कोरियोग्राफी राम गौतमले गरेका छन् ।

चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको एक्सन, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।