प्रेम र सबनमको स्वरमा ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ भएको छ । प्रस्तुत शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्यको स्वर,सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । राजबहादुर सानेको निर्देशनमा बनेको यस चलचित्रको छायांकन दाङर राजधानी काठमाडौँमा समेत भएको छ।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज विक कार्यकारी निर्माता रहेका छन्। यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा बनेको हो। चलचित्रमा प्रेम परियार , समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल,हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बीसीलगायतका कलाकारको अभिनय रहनेछ। अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने छ ।

चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ भने चलचित्रमा वसन्त सापकोटा, सगै एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ लामाको पनि संगीत रहनेको छ ।