सर्भरवाला र माफियाबाट पिडित भन्दै ‘एउटा यस्तो प्रेम कहानी’ टिम आक्रोशित



काठमाडौँ। माघ १ गतेबाट देशै भरिको हलहरुमा प्रर्दशन हुने भनिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ धेरै हलहरुमा लाग्न सकेन। हलवाला, सर्वरवाला र चलचित्र संग आबद्ध संघ संस्थाहरुको राजनिती र लापरवाहीको कारण चलचित्र धेरै स्थान्म्मा प्रदर्शनमा आउन सकेन । झन्डै एक बर्ष देखि शिथिल र निस्क्रिय अवस्थामा पुगेको नेपाली चलचित्र उधोग चलाएमान गर्ने आँट र हिम्मतका साथ नायक शिव श्रेष्ठ आफ्नो चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ लिएर आए, तर पहिको पाईला चाल्न नपाई, नराम्ररी थच्काउने काम भयो। पहिलो दिनमै ८०% हलहरुमा बिभिन्न बहानावाजीहरु गरेर सर्भरवालाहरुले चलचित्र हलहरुमा पुर्याईदिएनन् पुगेका हलहरुमा पनि मुख्य सोजहरु हिन्दी चलचित्र ‘मास्टर’ लाई दिए । के यहि हो हलवालाहरुको नेपाली चलचित्र प्रतिको उत्तरदायित्व ? के यसैका लागि चलचित्र संग आबद्ध संघ संस्थाहरु उफ्रिरहेका थिए?

कसरी खुल्यो हलहरु ?

चलचित्र बिकास वोर्ड र नेपाली चलचित्र सम्बन्धि चलचित्र बिकास वोर्ड संघ संस्थाहरुले धेरै प्रयास गरे पछि गत पौष १० गते सि. सि. एम. सि. ले सिनेमा हलहरु खोल्ने निर्णय गर्यो तर स्वास्वास्थ्य मन्त्रालयका बिज्ञहरुले भ्याक्सिन आएपछि मात्र हलहरु खोल्ने सुझाव दिए र हलहरु तत्काल नखोल्न निर्देशन दिए, चलचित्र बिकास वोर्ड लगायत अन्य धेरै संध संस्थाहरुले उप-प्रधानमंन्त्री सम्मलाई भेट्दा पनि हल खुल्न सकेन, नसके पछि नेपाल चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नायक शिव श्रेष्ठलाई भेट्न पुगे। आफ्नो स्वास्थ स्थिती ठिक नभएकोले शिव श्रेष्ठ घरमै आराम गरिरहेका थिए। अब प्रधानमन्त्रीलाई नै भेटि हल खोल्न अनुरोध गर्नु पर्यो भने पछि तत्कालनै प्रधानमन्त्रीका पि.ए.लाई फोन गरि आफ्नो स्वास्थ्यको परवाहनै नगरि प्रधानमन्त्रीलाई भेटी हल खोल्न आग्रह गरे। प्रधानमन्त्रीले पनि शिव श्रेष्ठको आग्रहको स्वागत गर्दै हल खोल्ने प्रतिबद्दता जाहेर गरे र त्यतिदिन मन्त्रि परिषदको बैठकबाट हल खोल्ने निर्णय पारित भयो र हल खुल्यो।

‘एउटा यस्तो प्रेम कहानी’ निर्माण पक्ष सुरु देखि नै सर्भरवालाले दुःख दिन थालेको बताउछन्। नेपालका सिंगल थियटरहरुमा क्युजको सर्भर प्रयोग हुने गर्दछ जसको ईन्कोडिङ्ग भारतको मुम्बइमा लगेर गराउनु पर्दछ। जसको लागि निर्माता स्वयमंले ईन्कोडिङ्ग गरेको र हार्डडिस्क लिएर जानेको आते जातेको खर्च दिनु पर्ने रहेछ। सोको खर्च रकम झण्डै लाख रुपैंया पर्ने रहेछ। त्यो दिंदा पनि कहिले के, कहिले के भनेर दुःख दिएको निर्माण पक्ष बताउछन्। त्यति गर्दा पनि हलहरु सम्म सिनेमा नपुगेको पिडा सेलिब्रेटी नेपाल समक्ष पोखेका छन्।

जो ब्यक्तिले आफ्नो चलचित्र ईन्कोडिङ्गको लागि लगेको थियो उसैले हिन्दी फिल्म ‘मास्टर’ को हार्डडिस्क बोकेर आएको आरोप समेत निर्माण टिमले लगाएको छ । ईन्कोडिङ्ग भएर आएपछि ‘हाम्रो फिल्ममा १० वटा प्राविधिक समस्या आउने तर हिन्दी फिल्ममा नआउने? आखिर ईन्कोडिङ्ग त उही कम्पनीले गरेको हो। हाम्रो फिल्ममा मात्र कसरी प्राविधिक समस्या आयो ? बिकास बोर्डले सुरुमा भन्ने बेलामा एक महिना सम्म कुनै फिल्म लगाउन दिन्न भन्ने सोही दिन हिन्दी फिल्मको सेन्सर पास गर्ने , यो कस्तो न्याय हो? के हल खोल्न मात्र शिव श्रेष्ठलाई प्रयोग गरिएको हो त भन्दै ‘एउटा यस्तो प्रेम कहानी’ टिम आक्रोशित बनेको छ तर उनिहरुको आवाज कसले सुन्ने ?