नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले चलचित्र महोत्सव गर्दै



काठमाडौँ। नेपाल चलचित्रकर्मी महासंघ प्र्देश १ ले २०७७ मङ्सिर ७ ईटहरिमा एक कार्यक्रम गरी निर्मात्री, निर्देशक तथा कलाकार दिपाश्री निरौला तथा चलचित्र निर्माता चिरिन्जिवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ प्र्देश १ को बरिश्ठ सल्लाहकारमा मनोनयन गरेको छ । कार्यक्रममा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले महासंघको भावी योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ ले बृहत चलचित्र सम्बन्धी अन्तरकृया कार्यक्रम गरी आफ्नो आगामी दिनको कार्ययोजनाहरु सार्वजनिक गरेको छ । अहिलेको समयमा कोरोनाको कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ आयोजना गर्ने भएको छ ।

प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायाँकनको लागि उपयुक्त स्थान भएकोले चलचित्रकर्मिहरुलाई उत्साहित गराउदै प्रदेश न १ को पर्यटकिय स्थानलाई प्रबर्धन गर्ने उदेश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश १ मा बनेका कथानक चलचित्रहरु , छोटो चलचित्रहरुका लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानाक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधा अन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना रहेको छ । महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान पनि गरिने भएको छ । प्रदेश १ का चलचित्रकर्मी हरुको जानकारी सहित भएको चलचित्र स्मारिका पनि उक्त अवसरमा विमोचन गर्ने अनी चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना रहेको कुरा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए ।