पुजा संग मायाको ‘कसम’ खाँदै पल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत, दिनेश राज पुरीको शब्द रहेको गीतमा सुगम पोखरेलले स्वर दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारद्धय पल शाह र पूजा शर्मालाई फिचरिङ गरिएको छ ।

निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले भिडियो निर्माणमा कुनै कञ्जुस्याँई गरेका छैनन् । चलचित्रका निर्देशक सुदर्शन थापा हुन् । फागुन २३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा जन्म जय र साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा पल र पुजाको साथमा हरिहर शर्मा,दिनेश डिसी,राजा राजेन्द्र पोखरेल,गणेश गिरीको पनि मुख्य भूमिका रहेको छ। निर्देशक शुदर्शन थापाको कथा रहेको चलचित्रमा शिबम अधिकारी र दिनेश न्यौपानेको स्क्रिनप्ले रहेको छ । चलचित्रलाइ उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गर्दै छ भने उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।