‘पोइ पर्‍यो काले’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: कात्तिक ८ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार पारिएको छ । शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल काले पोइ बन्ने छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन्। आकाश श्रेष्ठ र पूजा शर्मा अर्को जोडीका रूपमा देखिने चलचित्रमा सृष्टि र पूजा दिदीबहिनी हुनेछन्। यसबाहेक सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं यसका कलाकार रहेका छन्।

सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्। दीपक मनाङे (राजीव गुरुङ),अमला देवी राई, किरण नेपाली, सरोज नेपाली लगायतको निर्माणमा बनेको चलचित्रमा लाल बहादुर खाती,अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन शिब ढकालको छायाँकन छ।