पीम नेपाल चलचित्र महोत्सव धनगढीमा सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ: पीम नेपाल चलचित्र महोत्सवको दोस्रो संस्करण धनगढीमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित ‘पिम नेपाल फिल्म फेष्टिवल’ माघ ९ गतेदेखि ११ गतेसम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा सम्पन्न भएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ सङ्गीतकार शम्भूजित बासकोटा र हाँस्य साम्राज्ञी वसुन्धरा भुसाललाई क्रमशः दीर्घ साधना सम्मान र स्वर्ण साधना सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा चलचित्र सम्मानवाट रुपन्देहीको भैरहवाका हल व्यवासायी ओम जैशी, समाजसेवी महिमा पोखरेल, लक्ष्मी वस्नेत, ई. कृष्ण गोपाल भण्डारीलाई सेवा सम्मान, कलाकार नवराज रिमाल र तेजा ऐरलाई कला सम्मान, प्रभा धन्कोट प्राविधिक तथा व्यवसायिक विद्यालय अछामका प्रधानाध्यापक जोगराज कुँवरलाई शिक्षा सेवा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार गीतकार शान्तिप्रिय, चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीलगायत दर्जनौ कलाकार एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेष्टिवलमा सुदुर पश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, धनगढी उपमहानगर पालिका, राष्ट्रिय वाणिज्य वैङ्क, निर्माण व्यसायी सङ्घ– धनगढीको सहयोग रहेको आयोजकले जनाएको छ । त्यस्तै आफ्नो घर टेम्पल रिर्सोट, ईमेज होटल, ट्रेकिङ एसोसियसन अफ नेपाल (टान), कालिञ्चोक दर्शन प्रा.लि. (कालिञ्चोक केवलकार)लगायतको सहभागिता रहेको थियो । स्थानिय रुपमा सुप कला प्रतिष्ठानले कार्यक्रमको संयोजन गरको थियो ।

पिम नेपाल चलचित्र महोत्सवकी अध्यक्ष कमला जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पहिलो पटक राष्ट्रिय रुपमा सम्पन्न भएको चलचित्र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको र स्थानिय कलाकारहरुलाई समेत प्रोत्साहन गरेकोमा आयोजकलाई धन्यवाद प्रदान गरेकी थिईन । यस कार्यक्रमले दर्शकहरु र कलाकारहरुलाई एक सुत्रमा बाँध्न मद्दत गर्ने मन्त्री भट्टले विश्वास व्यक्त गरिन ।

सन् २०२० को तेस्रो पिम नेपाल चलचित्र महोत्सव प्रदेश ५को भैरहवामा चलचित्र व्यवसायी ओम जैशीको संयोजनमा सम्पन्न हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी गराए ।

दोस्रो संस्करणमा अवार्ड पाउनेहरु

१) सर्वोत्कृष्ट हाँस्य अभिनेता (लभ यू हमेशा) – गोपाल ढकाल छन्दे
२) सर्वोत्कृष्ट नवनायक (लम्फु ) – संजित भण्डारी
३) सर्वोेत्कृष्ट चरित्र अभिनेता (गाजा वाजा) – उद्धव भट्टराई
४) उत्कृष्ट निर्देशन (उल्झन) – राजु अधिकारी
५) लघु चलचित्र निर्देशन (नेचर गाईड ) – यूगल पोमो
६) वृत्तचित्र लेखन (वर्गसत्ता) – भिष्मराज फुलारा
७) सर्वोत्कृष्ट कथा (गोपी) – दीपेन्द्र लामा
८) ईन्करेजमेन्ट अवार्ड (संशय) – गणेश रावल
९) वृत्तचित्र निर्देशन (वर्ग सत्ता) – शेखर खनाल
१०) सर्वोत्कृष्ट वृत्तचित्र (जिरी) – गौतम खाती
११) सर्वोत्कृष्ट अभिनेता (गोपी) – विपिन कार्की
१२) जुरी अवार्ड (ज्यूँदो देवता) – सागर ढुंगाना
१३) जुरी अवार्ड कथा (उल्झन) – आरती अधिकारी
१४) डायस्पोरा अवार्ड (उल्झन) – धुर्व दत्त
१५) जुरी अवार्ड (बालकृष्ण सम) – उमिद बागचन्द
१६) सर्वोत्कृट फिल्म (नेपाल भाषा) – लिच्वो
१७) सर्वोत्कृट फिल्म (थारु भाषा) – जान तोहर नाम – राजकुमार श्रेष्ठ
१८) सर्वोत्कृट फिल्म (डेउडा भाषा) – धन्यमाया जाल – वीरेन्द्र सिंह (वीरु)
१९) सर्वोत्कृट अभिनेता (डोटेली भाषा) – सौराई – विनोद वोहोरा (वोक्टानी किंग)
२०) सर्वोत्कृट अभिनेता (थारु भाषा) – मोर जंग – संगत चौधरी