ओटीटीमा रिलिज हुने चलचित्र र विज्ञापनलाई सेन्सर गर्ने सरकारको निर्णय



काठमाडौं। सरकारले नेपालमा सञ्चालन भइरहेका ओटीटी र आइपीटीभी प्लेटफर्ममा नियमन सुरु गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्युतीय संचारमाध्यम र विज्ञापन चलचित्रलाई पनि सेन्सरको दायरामा ल्याउने जनाएको छ ।

इन्टरनेटका विभिन्न प्लेटफर्म मार्फत प्रशारण हुने स्वदेशी-विदेशी चलचित्र तथा विज्ञापनहरु हालसम्म कुनै सेन्सरबिना जस्ताकाे तस्तै दर्शकसम्म पुगिरहेका छन् । यसलाई सरकारले कानूनी दायरामा ल्याउनु पर्ने आवाज उठेपछि सरकारले सम्बाेधन गरेकाे हाे ।

मन्त्रालयकाे सूचनामा यस्ता चलचित्र तथा विज्ञापन चलचित्रको जाँचपास गराएर मात्र सार्वजनिक प्रदर्शन र प्रसारण गर्न मन्त्रालयले भनेको छ । नियमको उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजारसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने तथा उपकरणहरु जफत गर्न सक्नेछन् ।