निर्देशक बोहराको ‘ओह प्रिया’ घोषणा संगै प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल

काठमाडौं:निर्देशक सूर्य बोहराको निर्देशनमा चलचित्र ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो । सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रको स्क्रिप्ट निर्देशक बोहराकै हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको चलचित्रका गीतमा एलिस कार्कीको संगीत रहने छ ।

नेपालका साथमा वेल्स,स्कटल्याण्ड, लण्डन र क्यानडामा खिचीने चलचित्रको छायाँकन जुन अन्तिममा हुने जानकारी निर्देशक बोहराले दिएका छन् । प्राबिधिक र कलाकारको छनौट कार्य जारी रहेको चलचित्रको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ ।
निर्देशक बोहराको यसअघिको चलचित्र ‘हेलो जिन्दगी’ को लण्डन र काठमाडौमा भिएफएक्स भइरहेको छ । सो चलचित्र दशैको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक बोहराकै निर्देशनमा अभिनेता बिक्रम जोशीले यसअघिनै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए । उक्त फिल्म प्रि प्रोडक्शनमा रहेको बताइएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३