निर्देशक समाजका अध्यक्ष विमल पौडेलले दिय राजिनामा



(सेलेब्रिटी नेपाल) २६ फागुन- निर्देशक समाजका अध्यक्ष विमल पौडेलले आफ्नो पद बाट राजिनामा दिएका छन् । पौडेलले समाजलाई विवादको घेरामा थप राख्न आफू नचाहने भन्दै राजिनामा दिएको बताएका छन् । उनी गत बैशाख १७ गते निर्देशक समाजमा निर्वाचित भएका थिए । उनको राजिनामा पत्र दर्ता भईसकेको छ । “मेरो बुवाको निधन भर्खरै भएकाले परिवारमा म एक्लो छोरो हुँ त्यसकारण अन्य जिम्मेबारी पनि थपिएकाले मैले आउने साधारणसभाबाट पद छाड्ने तयारी पनि गरिरहेको थिए तर विवाद बढेपछि हिजो राजिनामा दिएको हुँ,’ पौडेलले भनेका छन् ।पौडेल एक्लैले आमरण अनसन सुरु गरेर चलचित्र कर्मी हरुको आन्दोलन सुरु गरेका थिय ।उक्त आन्दोलन दुइ महिना सम्म लम्बियर सरकार संग सम्झौता गरेर टुंगियको थियो ।