नाईन ओक्लक सोनी र जीटीभीबाट प्रसारणमा आउने


सेलिब्रेटी नेपाल फागुन  ७ गते-चलचित्र ‘नाईन ओ क्लक’को नेपाल प्रदर्शनपछि भारतीय टेलिभिजन च्यानल सोनी र जीटीभीबाट प्रसारणमा आउने भएको छ ।नेपालमा चैत्र १६ गतेदेखि देशभर प्रदर्शन हुने यो चलचित्रका निर्माता रमेश संबेदनाले नेपालमा प्रदर्शनमा आएको केही महिनामा उक्त टेलिभिजन च्यानलबाट प्रसारण हुने बताएका हुन् ।यस्तै यो चलचित्रको विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र मार्च महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको भनाई छ । चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ । भर्खरै मात्र मलेसिया पुगेर आएका निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो अधिकारी विक्री भएको छ ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री गरेको बताए । यस्तै चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शनमा गरिने छ ।बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, ध्रुव दत्त लगायतका कलाकारको अभिनय छ ।