नेपालीको सोचमा सेक्स साँघुरो ( भिडियो सहित)


(सेलिब्रेटी नेपाल) २ बैशाख-कलाकार सुशांक मैनाली एक दशकअघि काठमाडौँको गौरीघाटमा दुईवटा कोठा लिएर आमा र पत्नीका साथ बसेका थिए। सुशांक दम्पती भान्छामा सुत्थे भने आमा कोठामा। एकदिन सुशांककी फुपूसहित केही आफन्त केही दिनलाई बस्ने गरी आएछन्। पत्नीसँग निकट हुन नपाएका मैनाली पाहुना नजाउन्जेल कुण्ठित भएर बस्नुपरेछ। त्यही प्रसंगलाई कथामा ढालेर बनाइएको चलचित्र साँघुरोमा मैनाली मुख्य भूमिकामा छन्, पत्नीको भूमिका दिया मास्केले निर्वाह गरेकी छन्। यौनकुण्ठामा आधारति यो चलचित्र १३ वैशाखमा आउँदै छ।