नेपाल फिल्म सोसाइटीद्वारा बोर्ड अध्यक्षलाइ बधाई तथा शुभकामना



सेलिब्रेटी नेपाल । नेपाल फिल्म सोसाइटीको टिमले चलचित्र बिकास बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाललाइ बधाई तथा शुभकामना दिएको छ। २०७७ जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी दयाराम दाहाललाई चलचित्र बिकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष, चलचित्र बिकास बोर्डका पूर्व अधक्ष्य तथा बरिष्ट अभिनेता कृष्ण मल्लले नब नियुक्त अध्यक्ष दयाराम दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको बिकाश विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी सहित उपलव्धी गर्नु पर्ने कुरामा जोड दिए । कोभिड-१९ तथा लकडाउनले थला परेको चलचित्र उधोगलाइ चलायमान बनाउन, चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाइ पुन: संचालन गर्न समेत उनले नबनियुक्त अधक्ष्यलाइ सुझाब दिएका थिए भने नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन तथा बिस्तार गर्न विभिन्न देशका राजदुताबासको सहयोगमा चलचित्र दुत नियुक्त गर्नु पर्ने समेत उनले बताए ।

सो अवसरमा नबनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी लामो समय देखि आफु पनि चलचित्र उधोगमा काम गरेको अनुभबले सम्पूर्ण चलचित्रकर्मीहरुको दुख पिडा बुझेको हुँदा आफ्नो कार्यकालमा चलचित्र क्षेत्रको उत्थानमा लागि पर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गरि चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्था माथि हस्तक्षेप नगरी चलचित्र उधोगलाइ नयाँ उचाइमा पुर्याउने बताए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बरिष्ट चलचित्रकर्मीहरु अशोक शर्मा, उज्जल घिमिरे, नेपाल फिल्म सोसाइटीका मधु कुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापा लगायतको उपस्थिति रहेको थियो ।