नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१’ सम्पन्न



काठमाडौँ। नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट सकिएको छ । शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा यो महोत्सब तीन दिनसम्म जारी थियो ।

यो वर्ष महोत्सबमा बृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा केन्द्रित थियो । महोत्सबमा कथानक चलचित्र तर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । आमा बृद्धा आमा बुबालाई बृद्धाश्रममा राख्नेहरुको कथामा यो चलचित्र आधारित थियो ।

यस्तै यो वर्ष डक्युड्रामा तर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित बृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो बृत्त चलचित्रमा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्यामा आधारित थियो ।

अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो । यी तीन वटै उत्कृष्ट चलचित्रलाई जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा आयोजित नवौं संस्करणको महोत्सब समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । यो महोत्सबले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठुलो सहयोग पु¥याएको उनले बताए ।