नीता र प्रज्वलको प्रेम ‘सोच’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’को ट्रेलर सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमाआउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समय अघि टिजर र एउटा गीत सार्वजनीक गरिएको चलचित्रलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेकाहुन् । पुजनकै कथा रहेको चलचित्रको निर्मातामा गंगा रजक र एसडी रहेकाछन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित चलचित्रलाई बिदुर पाण्डेले खिचेकाहुन् ।

कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको चलचित्र भरपुर मनोरञ्जक बनेको निर्देशक पुजनबताउछन् । ‘सोच’लाई आरआर फिल्मस्ले बितरणगर्दैछ ।