समुन्द्रको निर्देशनमा नीता र कोशिसको जोडी


सेलिब्रेटी नेपाल

काठमाडौँ : अभिनेत्री नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको चलचित्रमा गायक तथा अभिनेता कोशिस क्षेत्री फाइनल भएका छन् । प्राप्त खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र अभिनेता कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ । चलचित्रमा कोशिस क्षेत्री र नीता ढुङ्गाना मुख्य भुमिकामा रहनेछन् । चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् ।

चलचित्रका अन्य कलाकारहरु भने फाइनल भएका छैनन् । प्रेमकथामा बन्ने चलचित्रको नाम भने जुराइएको छैन । चलचित्र ‘मोमो हन्टिङ्’ कलाकारको समय नमिलेर आगामी जेठबाट मात्र छायांकनमा जाने भएपछी त्यस बिचमा लभ स्टोरी चलचित्र गर्न लागेको नीताले बताइन् ।

चलचित्रको कथा कोशिसको आफ्नै हो । यतिबेला कोशिस स्कृप्टलाई अन्तिम रुप दिदैंछन् । चलचित्रको स्कृनप्ले र संवाद लेखनमा कोशिशलाई निर्देशक भट्टले सघाउँदैछिन् । चलचित्रमा संगीत पनि कोशिशको नै रहनेछ ।