‘मुर्गा’ नबनुन् नीताको चलचित्रका लगानीकर्ता


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेत्री नीता ढुंगानाले चलचित्र निर्माणको घोषणा गरेको ३ वर्ष वितिसकेको छ । आफ्नो जन्मदिनको अवसर पारी तीन वर्षअघि नीताले चलचित्र निर्माण गर्ने घोषणा गरेकी थिइन् । आफ्नै ब्यानरबाट चलचित्र निर्माण हुने उनको उदघोष थियो । तर, यो चलचित्र अहिलेसम्म निर्माण हुन् सकेको छैन् । बरु, घोषणा गरेको तीन वर्षपछि बल्ल नीताले चलचित्रको नाम जुराएकी छिन्, ‘मम हन्टिङ’ । संचारमाध्यमले जनाएअनुसार चलचित्रको स्क्रिप्ट कोशिस क्षेत्रीले लेखिरहेका छन् । त्यस्तै समुन्द्र भट्टलाई निर्देशनको जिम्मा दिईएको छ । चलचित्रका लागि कलाकारहरुसंग पनि कुरा भईरहेको छ ।

तर, अझपनि यो चलचित्र कहिले बन्ने हो अनिश्चित छ । कारण, नीताले निर्माता अर्थात लगानीकर्ता भेटेको छैनन् । केही समय अगाडी उनले चलचित्रका लागि लगानीकर्ता नभेटेको र भेटनासाथ छायाँकन सुरु हुने बताएकी थिइन् । नेपालमा नबुझी चलचित्रमा लगानी गर्ने परिपाटी ब्याप्त छ । केही हिट चलचित्रको उदाहरण दिएर लगानीकर्ता भित्रयाउने रोगले नराम्रोसंग जरा गाडेको छ । गतवर्ष पनि यसरी धेरै लगानीकर्ता ‘मुर्गा’बनेको छन्, जो चलचित्र डुबेपछि अहिले टाउकोमा हात राख्न बाध्य छन् ।

यसवर्ष नयाँ निर्माता वा लगानीकर्ता कम छन् । यसको पछाडी चलचित्र डुबेपछि नबुझिकन चलचित्रमा लगानी गर्ने परिपाटी कम भएको सरोकारवालाहरुको धारणा छ । तर केही लगानीकर्ता अझ पनि नबुझिकन आउँछन् । आशा गरौं नीताको चलचित्रका लगानीकर्ता ‘मुर्गा’ बनेर होइन्, बुझेर आउँन् । ताकी एउटा चलचित्रमा लगानी गरेपश्चात यो क्षेत्रबाट विलय हुन् नपरोस् ।