सुरु भयो नाई नभन्नू ल ३ जीवनको ठाउँमा आर्यन


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गत बर्षको सुपर हिट चलचित्र ‘नाई नभन्नू ल २’ को सिक्वेल ‘नाई नभन्नू ल ३’को छायांकन सुरु भएको छ। बुधबार भद्रकाली मन्दिर बाट छायांकन सुभारम्भ गरिएको हो। मुहुर्त पश्चातको पहिलो सर्ट संयम पुरीले दिएका थिए। चलचित्रमा नाई न भन्नू ल २ कै प्रमुख कलाकार अनुभव रेग्मी केन्दिय भूमिकामा रहेको बताईएको छ।
samyam-puri-nai-na-bhannu-la-3
संयम सहित नाई न भन्नू ल ३ मा आश्मा डिसी, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुइाटेल र आर्यन सिग्देल जस्ता स्टारहरुलाई पनि यो चलचित्रमा देख्न पाईने छ। यस पटक चलचित्र निर्देशनको जिम्मा भने बिकाश आचार्यले आफ्ना मुख्य सहायक निर्देशक मुस्कान ढकाललाई दिएका छन्। नाई नभन्नू ल र नाई नभन्नू ल २ मा देखिएका नायक जीवन भने यस पटक चलचित्रमा काम गर्दै छैनन। संगीतकार बसन्त सापकोटा र छायाँकार पुरुसोत्तम प्रधान भने दोहोरिएका छन्।