बन्दले मुनालको इच्छालाइ पर धकेल्यो


(सेलिब्रेटि नेपाल) काठमाडौँ
संविधान जारी हुने मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द-हडतालका कारण चलचित्र ‘इच्छा’को रिलिज मिति स्थगित भएको छ । राजधानीमा माघ २ र उपत्यका बाहिर माघ १ गते नै रिलिज हुने लक्ष्य सहित प्रचार-प्रसारमा रहेको यो चलचित्रको अर्को रिलिज मिति भने तय नभईसकेको निर्देशक मुनाल घिमिरेले बताए । घिमिरेका अनुसार रिलिज मिति धेरै परको हुने छैन ।
एकै दिन ३- ४ चलचित्र जुध्ने गरेको नेपाली चलचित्र बजारमा यो हप्ता भने एक मात्र चलचित्र प्रदर्शनमा आउने भएको छ त्यो पनि सिमित हलमा मात्रै अन्य हलमा भने गत हप्ता बाट प्रदर्शनमा आएका तिन चलचित्रले नै ठाउँ पाउने भएका छन् ।
Subash-Thapa
फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको यो चलचित्रलाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान- श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।
चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।