कलाकार मुकुन्द थापा अस्पताल भर्ना


काठमाडौँ। कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् ।

घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले जानकारी दिए । कलाकार संघकाे एक टाेली मंगलबार उनकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेकाे थियाे । काभ्रे जिल्लामा जन्मिएका थापाले थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका छन् ।