‘पलाँस’ को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
Rekha thapa palas
चलचत्रि ‘पलाँस’ को ट्रेलर सार्वजनिक भएको छ । अगामी चैत १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा नायिका रेखा थापा कोठीकी युवतीको भूमिकमा प्रस्तुत भएकी छिन् ।

नायक आयुव केसी रेखाका प्रेमीको भूमिकामा छन् । कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको चलचित्र ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसार पसारको कथामा आधारित छ ।

चलचित्रमा रेखा थापा, आयुव केसी र कामेश्वरको मुख्य भूमिका छ ।