चलचित्र ‘धनपति’ को छायांकन सकियो


सेलिब्रेटी नेपाल काठमाडौँ
dhanapati-film
नेपाली कथानक चलचित्र ‘धनपति’ को छायांकन सकिएको छ । चलचित्र वीरगन्ज, ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको थियो ।

‘धनपति’ ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र हो । ‘धनपति’ का लागि खगेन्द्र लामिछानेले कथा लेखेका छन् ।
‘सोसल ड्रामा भनिएको चलचित्रमा खनालले खगेन्द्रको अपोजिटमा सुरक्षा पन्तलाई लिएका छन् ।