चलचित्र ब्ल्याक डायरी बैशाखबाट प्रदर्शन हुने


सेलिब्रेटी नेपाल काठमाडौँ
16930374_1354895451257531_1693434944_o
सिनेमाको छााँयाकन भन्नासाथ हिरो हिरोइन हुन्छ, रमाइलो हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर सबै चलचित्रको सवालमा छााँयाकन रमाइलो मात्र हुदैन, डरलाग्दो र भयंकर पनि हुन सक्दछ । मनिष, गौरब र बिकेन भाइहरुले पाँच सात बर्षदेखि बाइक स्टण्र्ड गर्दै आएका थिए । यिनहिरुको के.टि.एम स्ट्रीट राइडर्स नामको ग्रुप पनि छ ।

सानो तिनो दुर्घटनाहरु यिनीहरुको निम्ति सामान्य नै हो । तर चलचित्रकोे छााँयाकन भनेको महाभारत नै हुँदो रहेछ भनेर के.टि.एम स्ट्रीट राइडर्सका एक प्रतिनिधि गौरबले हामीलाई बताए ।

प्रसंग, बैशाखबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ब्ल्याक डायरीको हो । चलचित्र ब्ल्याक डायरीमा के.टि.एम स्ट्रीट राइडर्सको टोलीले चलचित्रमा अत्यन्तै मेहनत गरी बाइकको डरलाग्दो स्टण्र्डका दृष्यहरु पस्केका छन् ।

चलचित्र ब्ल्याक डायरीको छााँयाकन गर्दा छाँयाकन स्थलमा एम्बुलेन्स ब्याकअप् राखेर काम गर्नु परेको थियो । छाँयाकनको क्रममा घाइते हुने र अस्पताल आते जाते गर्नु नर्मल भएको थियो । शायद नेपाली चलचित्र छााँयाकन गर्दा एम्बुलेन्स ब्याकअप् राखेर काम गरेको यो पहिलो पटक होला बाइकर्स गौरबले बताएका छन् ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ब्ल्याक डायरीमा आफुहरु अत्यन्तै आशाबादी रहेको र चलचित्र पनि उत्कृष्ट बनेको बताउँछन् । चलचित्र बैशाखबाट देशभर एकसाथ प्रदर्शन हुने बताइएको छ ।