लकडाउन खुलेकै दिन मिलन र अर्जुनको सम्झौता



सेलिब्रेटी नेपाल। निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्रका लागि संगीतकार अर्जुन पोखरेललाई अनुवन्धित गरेका छन् । मिलनका अनुसार, प्रेमकथामा बन्ने चलचित्रका लागि अर्जुनलाई फाइनल गरिएको हो । लकडाउन अन्त्य भएसँगै चलचित्रकर्मी फेरि तात्न थालेका छन् । ‘हामीले अब चलचित्र क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउनुपर्छ । लकडाउन खुलेपनि चलचित्र क्षेत्र खुलेको छैन । तर, अब कोरोना भनेर डराएर मात्र बसेर हुँदैन’मिलनले भने ।अर्जुनले आजैको दिन आफू चलचित्रमा अनुवन्धित हुँदा चलचित्र क्षेत्रमा काम सुरु भएको सन्देश जाने बताए ।

मिलनका अनुसार, यो चलचित्रको छायांकन केही समयपछि हुनेछ । अर्जुनलाई मिलनले दर्शकको मन छुन सक्ने गीतहरु तयार गर्न भनेका छन् । मिलनले यो चलचित्रको छायांकन अगाडि एउटा अर्को प्रोजेक्टको काम सक्ने बताए ।