‘मारुनी’को पहिलो गीत ‘जाम्न माया जाम’ रिलिज


काठमाडौं । चलचित्र ‘मारुनी’को पहिलो गीत रिलिज गरिएको छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्रको ‘जाम्न माया जाम’बोलको गीत मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच रिलिज गरिएको हो । रिक्की शाक्यको शब्द रहेको गीतमा दीपक बज्राचार्यको संगीत तथा स्वर छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी र पुष्प खड्काले नृत्य गरेका छन् । साथमा सय भन्दा बढी कोरसलाई क्लबमा नचाईएको छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

नवल नेपाल निर्देशित चलचित्रलाई पूनम पाण्डेले निर्माण गरेकी हुन् । चलचित्र भदौं १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।