(सेलेब्रेटी नेपाल) २९ फागुन-मुम्बईमा बस्दै आएका सिद्धार्थ कोइराला परिवारसहित अहिले काठमाडौँमा रहेका छन् ।उनि चलचित्र ‘मेघा’ मा नायक बन्न कै लागि ‘काठमाडौँ आयका हुन् । सिद्धार्थ अभिनेत्री मनिषा कोइरालाका भाइ हुन्।समस्त इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘मेघा’ को निर्देशन सम्झना रौनियारले गरिरहेकी छन् । ‘मेघा’ म्युजिकल लभस्टोरीमा आधारित चलचित्र भनिएको छ ।यस चलचित्रमा सिद्धार्थका अलावा नम्रता श्रेष्ठ, रेमनदास श्रेष्ठ र भिन्तुना जोशीको पनि मुख्य अभिनय रहने छ । अभिनेत्री मनिषा चलचित्र फेरी भेटौंलामा अभिनय गरेर बलिवुड छिरेकी थिइन् उनि बलिवुडमा सफल भईन । उनले नेपाल फर्केर चलचित्र धर्मामा अभिनय गरिन उक्त चलचित्र सफल भयन अब उनका भाई सिदार्थ सफल हुने हुन् कि होइनन त्यो त मेघाको रिलिज पछि नै थाहा हुनेछ ।
सम्बधित पोस्टहरु
‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा
वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ। ५ दिन अगाडि रिलिज भएको सिनेमाले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ। यो समाचार पार्दासम्म सिनेमाको ट्रेलरले ११...
कम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित
काठमाडौं। कम शो दिइएको भन्दै नेपालको पहिलो एनिमेटेड फिचर फिल्म दाबी गरिएको ‘सलिना’ले आफ्नो पूर्व निर्धारित रिलिज स्थगीत गरेको छ। चलचित्र भोलि शुक्रबार रिलिज हुने घोषणा भएको थियो। तर अन्तिम समयमा आएर बिना प्रचारप्रसार रिलिज मिति...
पहिलो एनिमेटेड फिल्म बनाएर इतिहास रच्दै तेजसराज जोशी
काठमाडौँ। इतिहास रच्न त्यति सजिलो छैन । तर पनि नेपाली फिल्मको विकास क्रममा सम्पादक तेजसराज जोशीले फिल्म ‘सलिना’ मार्फत अहिले एउटा इतिहास रचेका छन् । यो नेपालमा निर्माण भएको पहिलो एनिमेसन फिचर फिल्म हो । आगामी शुक्रबारबाट...
चलचित्र ‘अञ्जिला’ २०८१ माघ ११ बाट प्रदर्शनमा आउने
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष...
‘महाजात्रा’ टिमको नयाँ सिनेमा ८२ सालको दशैंमा, अरु को-को थपिएलान्
हाल हलमा प्रदर्शनरत ‘महाजात्रा’ निर्माण गरेको षट्कोण आर्टस्ले आफ्नो आगामी सिनेमा वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको छ। ‘महाजात्रा’मा समाविष्ट ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सोको जानकारी...
वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै
वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ। मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर...