‘मन्द मन्द’ मा कसिस र नविनको अनस्क्रिन रोमान्स


सेलिब्रेटी नेपाल

काठमाडौँ: बैशाखको तेस्रो साताबाट छायाँकन भइरहेको चलचित्र ‘मन्द मन्द’ को मुख्य भुमिकामा कसिस दाहाल र नविन रेग्मीले काम गरि रहेका छन् । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्रको मुख्य भुमिकाको लागी केही समय अघिनै अभिनेता बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भएता पनि बाँकि दुई कलाकार कसलाई लिने भन्नेमा निर्माता,निर्देशक अन्यौलमा थिए ।अन्नत उक्त भुमिकाको लागी कसिस र नवीनले अबसर पाएका छन् । सस्पेन्स सोसियल ड्रामामा निर्माण भैरहेको चलचित्र ‘मन्द मन्द’ को हाल जुम्लाका बिभिन्न स्थानमा छायाँकन भैरहेको जानकारी निर्देशक सानेले दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् ।

काठमाडौबाट सुरु भएको ‘मन्द मन्द’ को छायाँकन नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुदै जुम्ला र मुगुसम्म पुग्दैछ । दिब्यराज सुबेदीले खिचिरहेको चलचित्रका गीतमा कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् ।