‘म यस्तो गीत गाउँछु २’ को शुभमुहर्त पूजा र पलको जोडी

सेलिब्रेटी नेपाल

काठमाडौँ: सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ को शुभमुहर्त गरिएको छ। सुदर्शन थापाद्वारा निर्देशित चलचित्र को मंगलबार मनकामना मन्दिरमा शुभमुहर्त गरिएको हो। ‘म यस्तो गीत गाउँछु’ कै जोडी पूजा शर्मा र पल शाहको जोडी नै दोहोरिने भएको छ। चलचित्रको मुहर्तपछि पूजा र पलले संगै फोटो खिचाएका छन्। लामो समय देखि यो जोडी चलचित्रमा रहने वा नरहने चर्चाका विच अन्तत चलचित्रमा पल फाइनल भएका छन्। सुदर्शनले गएको २ वर्ष अगाडि घोषणा गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गते बाट प्रदर्शनमा तयारीमा रहेको छ । चलचित्रको छायाँकन भने दशैंपछि सुरु हुनेछ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३