सुशील र रुबिना फिचर्ड ‘लभ डायरीज’ को टिजर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य दुई कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र टिजरमा स्थान दिइएको छ
सौरभ चौधरी निर्देशित चलचित्रको टिजरले प्रेम र बिछोड बोल्छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् । प्रेमकथानक चलचित्रले यस वर्षको प्रणय दिवसमा दर्शकलाई प्रेम बाँड्नेछ ।

विनोद सापकोटाले निर्माण गरेको चलचित्रमा सुशील र रुबिनासँगै विश्वजित रिमाल,बिष्णु सापकोटा,बिशाल पहाडी लगाएतको मुख्य भूमिका छ । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान सह-निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । अर्जुन पोखरेलको संगीत,रहेको चलचित्रमा बिक्रम लामा,एन्जिला खत्री र प्रविन सिंहको कोरियोग्राफी रहेको छ । चलचित्र भ्यालेन्टाईन डेको अवसर पारि फागुन २ गते देखि सार्बजनिक प्रदर्शनमा आउनेछ ।