लभस्टोरी चलचित्र ‘लभ यु हमेशा’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्रसहित)


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘लभ यु हमेशा’ यु ट्युबमा सार्वजनिक गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा यशराज गराच, ऋचा थापा र फिजा योन्जनको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रमा रामजी लामीछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको छ। भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह निर्माण रहेको चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ,निराजन मेहता,पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा भासुको संगीत र एनवी महर्जनको द्धन्द्ध निर्देशन छ ।