च्यारिटी शो मा ‘कोपिला’लाई दर्शकको उत्कृस्ट प्रतिक्रिया


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी शो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल,प्रकृती खरेल,जुनिफर पौडेल,श्रेया आचार्य सहित अन्य कलाकारको समेत बाक्लो उपस्थिती रहेको थियो ।

मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शो मा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्र सहित नगद पचास हजार प्रदान गरिएको थियोे । पन्तलाई चलचित्रका निर्देशक शिबम् अधिकारी, निर्माता मणिराज गौतम,गणेश गिरी,सुबासराज काफले जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरे ।

चलचित्रमा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन ।उनले पहिलो पटक अभिनय गरेपनि उनको अभिनयलाई दर्शकहरुले रुचाएका छन् । चलचित्रमा आमाको भुमिकामा अभिनय गर्ने कलाकार सरिता गिरिको अभिनयलाई धेरैले तारीफ गरेकाछन् । उनको अभिनय दर्दनाक रहेको प्रतिकृया छ । चलचित्रलाई हेटौडामा उच्च माउथ पब्लिसिटी रहेको छ । चलचित्रले उठान गरेको बिषय बस्तुलाई आम दर्शकहरुले मन पराएका छन् । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व निर्मला पन्तको कथालाई उठान गरेर चलचित्र बनाएकोमा आभार ब्यक्त गरे ।

चलचित्रले आम निर्मलाहरुको प्रतिनिधत्व गर्ने उहाँको तर्क छ । यस्तै स्व पन्तकी आमा दुर्गादेबीले चलचित्रबाट समाजमा उच्च शिक्षा मिल्ने भन्दै आफनो छोरी जस्तो अरु छोरीहरुले बलत्कृतहुनु नपरोस भन्दै चलचित्रबाट महिला हिंसा अन्तय हुने बताउनु भयो । यस्तै कन्चनपुरबाटै आउनु भएकी महिलाअधिकारकर्मी प्रेमपति रानाले पनि चलचित्रबाट आम समाजलाई सुसुचित गराने भन्दै आम छोरीचेलीहरुलाई यस्ता घटनाबाट सजग बनाउने बताए । कार्यक्रममा कलाकार निर्माता रमित ढुगाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री,निर्देशक गोबिन्द गौतम लगाएतका संचारकर्मी तथा महिला अधिकारकर्मी,संचारकर्मीहरुको बाक्लो सहभागीता रहेको थियो ।