कथाले मागे अनुसारको सिन दिन तयार सुनु



(सेलिब्रेटी नेपाल) २१ फागुन-पुर्वको सेक्सी नगरले चिनिने धरान निवासी १९ बर्षीया सुनु भट्टराई यतिवेला एकाएक चर्चामा छिन् । सुगम संगीतका गायक स्वरुपराज आर्चायको गीतमा मोडलिङ गरेपछि उनि एकाएक चर्चामा आएकी हुन्। नवल नेपालको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो पुर्वका टेलिभिजनमा प्रशारण हुन थालेपछि उनको चर्चा सुरु भएको हो । सोही म्युजिक भिडियोमा उनले गरेको अभिनय मनपराएर पुराना तथा स्थापित चलचित्र निर्माता छविराज ओझाले सुनुलाई फोन गरेर आफ्नो आगामी चलचित्रमा नायिकाको रुपमा खेलाउने भनेपछि उनि थप उत्साहित भएकी छन् । कक्षा १२ मा अध्ययन गरिरहेकी सुनु सानो उमेरदेखि नै मोडलिङ र चलचित्र क्षेत्र भनेपछि मरिहत्ते गर्थिन । म्युजिक भिडियोमा अभिनय गर्नु अघि उनले भोजपुरी भाषाको चलचित्र सोनुर साजनमा मुख्य नायिकाका रुपमा आफ्नो अभिनय क्षमता पस्किसकेकी छन् । सो चलचित्र सर्लाही, धनुषा, सिरहा र सप्तरीमा हिट भएको छ । एक महिनाअघि उनले पुर्वेली गायक रमेश आर्चायको गीतमा पनि मोडलिङ गरेकी छन् । परि आए जस्तो सुकै हट पोज पनि दिन तयार रहेकी उनी फोटो जेनिक छिन् । उनि भन्छिन् ‘म मोडलिङ र चलचित्रमा अभिनय गर्ने दुवै विधालाई संगसंगै लैजान योजनामा छु । कलाकार भईसकेपछि कथाले मागे अनुसारको सिन दिन तयार हुनु पर्छ ।’
मोडलिङ र अभिनयमा उत्तिकै दखल भएकी उनी पुर्वेलीहरुले निर्माण गर्न लागेको प्रेम कथामा आधारित नेपाली चलचित्र डन्ट ब्रेक माइ हर्टमा नायिकाको रुपमा मौखिक रुपमा अनुबन्धीत भईसकेकी छन् । निर्माणपक्षले उनि संग अबको एकसातामा सम्झौता गर्दैछन् । सो चलचित्र नायकका रुपमा पुर्वको इटहरीमा बसेर चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका मोडल तथा नव नायक माधव केसीले मुख्य नायका रुपमा डेब्यु गर्दैछन् । सो चलचित्रको पटकथा संवाद संचारकर्मी प्रेम बास्तोलाले लेखेका हुन् । पत्रकारितासंगै रंगमञ्चमा लामो समयदेखि काम गरिरहेका बास्तोलाले सो चलचित्रमा सह निर्देशन समेत गर्ने पक्का भएको छ । ५ फिट ५ इन्च उचाई भएकी सुनुले सोमबार विश्व सम्पदा सुचिमा परेको धनकुटाको नाम्जे स्थित आत्माघरमा आफुले अभिनय गर्ने नयाँ चलचित्रका लागि फोटो सुट गरेकी छन् । ४ घण्टासम्म भएको फोटो सुटमा उनले हट हट पोज दिएकी छन् । उनले सिंग्ल र सो चलचित्रका नायक केसीसंग हट हट पोजमा फोटो सुट गरेकी हुन् । मुटु काम्ने चिसो हावा चलेपनि त्यसको कुनै प्रवाह नगरि फोटो सुटका क्रममा उनले दिएको पोजको आत्माघरमा आउने अन्य दर्शकहरुले समेत प्रशंसा गरेका थिए । आफ्नो अभिनयलाई थप निर्खान अहिले उनि गुरुकुल विराटनगरमा अभिनय सम्बन्धि कक्षा लिईरहेकी छन् ।