बन्ने भो कारखाना वर्षा संग सुशीलको जोडी


karkhana-movie
सेलीब्रेटी नेपाल काठमाडौँ (रघुनाथ सापकोटा)
छायांकनको लागि अफसिजन मानिने महिना साउनमा पनि नेपाली चलचित्रको निर्माण कार्य घटेको छैन चलचित्र ‘कारखाना’ आज औपचारिक घोसणा संगै आज बाट नै छायांकनमा गएको छ आज बिहान काठमाण्डौको कमलादी गणेशस्थानमा पुजा गरेर चलचित्रको शुभसाइत गरिएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले क्ल्याप ठोकेका थिए भने निर्माता संघका महासचिव केशव भट्टराइले मुहुर्त सटको निर्देशन गरेका थिए । अमरदिप सापकोटाले लेखन तथा निर्देशन गर्ने चलचित्रलाई डाइनामिक इन्टरटेन्मेन्ट वल्र्ड प्रालीले प्रस्तुत गर्नेछ । अमरदीपको यो डेब्यु चलचित्र हो।
karkhana-poster
सुदिप खड्का, राजेन्द्र केसी, अमर बज्रचार्य र सुर्याश खड्का चलचित्रका निर्माता हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेबिका कार्की, नविन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेती, रविन पोख्रेल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । दयाराम दाहाल, शुशिल पोख्रेल र अमरदिप सापकोटाको पटकथा तथा संवाद रहेको चलचित्रमा निरज कँडेलको छायांकन, अनिल शाही र हरकुलश बस्नेतको संगीत, चन्द्र पन्तको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन रहने छ ।