‘झोले’ अब युएसएमा


(सेलिब्रेटी नेपाल) २१ फागुन-नेपालमा राम्रो व्यापार गर्न सफल डार्क कमेडी चलचित्र ‘झोले’ अब युएसएमा पनि देखाइने भएको छ। युएसए वितरक ह्वाइट स्नो फिल्मसले अमेरिकाको लेजिंगटन के.वाईमा यही मार्च १६ तारिख, आइतवारका दिन चलचित्र प्रदर्शन गर्ने भएको हो ।
Jholey-usa
टेकेन खड्काको निर्माणमा बनेको चलचित्रलाई निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। नव निर्माता टेकेन खडका यति बेला झोलेको व्यापार देखेर दंग छन्। सफलतापुर्वक दोश्रो हप्तामा चलिरहेको चलचित्रले १० दिनमा मात्र ९२ लाखको ग्रस आम्दानी गरेको छ। चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की र ए. गुरुङको मुख्य अभिनय रहेको छ ।