बिपिन र दयाहाङको ‘जात्रै जात्रा’ यु ट्युबमा सार्बजनिक (पुरा चलचित्र)



काठमाडौँ। ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘जात्रै जात्रा’ यु ट्युब सार्बजनिक गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर,दयाहाङ राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहेको चलचित्रमा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् ।

षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाइ शिवराम श्रेष्ठले छायांकन गरेकाछन् भने चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन् । ‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु भएको छ । महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपले यसअघि ‘जात्रा’ र ‘शत्रु गते’निर्देशन गरिससकेका छन् ।