चलचित्र प्राविधिकलाई निर्देशकको सहयोग


सेलिब्रेटी नेपाल

काठमाडौं: दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नेपालका चलचित्र प्राविधिकहरुलाई अमेरिकाबासी नेपाली चलचित्र निर्देशकहरुले ४३ हजार ७ सय ५४ दशमलब ९८ रुपैंयाँ राहत सहयोग प्रदान गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजको संयोजकत्वमा अमेरिकाबाट चलचित्र निर्देशकहरु र नेपालबाट वर्तमान महासचिब जनकदीप पराजुलीको पहलमा यो राहत रकम नेपाल चलचित्र प्राविधिक सघका अध्यक्ष पुष्कर लामालाई हस्तान्तरण गरिएको छ ।

महासचिव पराजुलीका अनुसार कोरोना संक्रमणको कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई उक्त राहत सहयोग उपलब्ध गराइनेछ । ‘सहयोग ठूलो होस् या सानो, सबैभन्दा ठूलो मन चाहिन्छ । ती सहयोगी मनहरुलाई हार्दिक नमन गर्दछौ’, महासचिव पराजुलीले भने, ‘हामी चलचित्रकर्मीहरु र चलचित्र निर्देशकहरु जहाँ भए पनि एक साथ छौ भन्ने सन्देश दिन चाहान्छौं ।’

अमेरिकामा रहेका निर्देशक सुमन दाहालका अनुसार नारायण पुरीले १ सय डलर, दिनेश कार्कीले ६० डलर, गोपालचन्द्र लामिछानेले ५३ डलर, अक्की शर्माले ५१ डलर, किशोर सुब्बाले ५० डलर र स्वयं सुमनले ५० डलर सहयोग गरेका हुन् ।