‘गोर्खे’को पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:कोरोनाको त्रासका कारण प्रदर्शनको तयारीमा रहेका चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड भैरहेको अवस्थामा चलचित्र ‘गोर्खे’ को टिमले भने पोस्टर सार्वजनिक गरेको छ । दुई पोस्टरमा अभिनेता रविन्द्र प्रताप सेनलाई विशेष प्राथमिकता दिइएको छ । एउटामा सैनिक पोशाकमा रविन्द्र हातमा बन्दुक बोकेर क्रोद्धित मुद्रामा देखिएका छन् भने अर्कोमा हातमा खुकुरी बोकेर दौडिरहेका छन् ।

चलचित्रमा रविन्द्र गोर्खे सेनाको भूमिकामा रहेको पोस्टरले प्रस्ट्याउँछ । ‘गोर्खे’ लाई किम्मत गौतमले निर्देशन गरेका हुन् । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु/हरि थापाको निर्माण रहेको चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

चलचित्रमा समाबेश दुई गीत ‘सिन्की अचार’ र ‘गाम भरी हल्ला भो’ सार्वजनिक भैसकेका छन् । पोखरा, काठमाडौं लगायतका स्थानमा खिचिएको चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ । चलचित्रमा रविन्द्रसँगै अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।