चलचित्रबाट घाटा मात्र हुन्छ भने लगानी किन गर्नुहुन्छ ? संचारमन्त्री बाँस्कोटा


सेलिब्रेटी नेपाल

काठमाडौँ: हल संचालकहरुको छाता संगठन ‘नेपाल चलचित्र संघ’को पुस २७ गते भएको साधारण सभामा सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रमुख अतिथीका रुपमा निम्त्याइएको थियो। उनले चलचित्रकर्मीहरुकै अगाडि समय सान्दर्भिक बिषय उठान गरेका थिए। हाल चलचित्रकर्मी सधै घाटामा जाने बिषयलाइ उठान गरेर उनले कडै मन्तब्य ब्यक्त गरे। चलचित्रकर्मीहरुलाई उनले सधै तपाइहरु चलचित्रबाट घाटामा मात्र जाने हो भने लगानी किन गर्नुहुन्छ भनेर उल्टै प्रश्न गरेक छन् । मन्त्री बाँस्कोटाले संघको कार्यक्रममा राखेको मन्तव्यको मुख्य–मुख्य केहि अंश यहाँ प्रस्तुत गरिएको छः

निर्माताहरु भन्नुहुन्छ–‘हामी घाटामा, घाटामा, घाटामा। हलवालाहरु पनि भन्नुहुन्छ–‘हामी पनि घाटामा, घाटामा, घाटामा । कलाकार साथीहरु पनि घाटामा । सबै घाटामा । अनी यता सुन्छु, अर्वौको लगानी छ । अर्वौको लगानी मात्र गर्ने अनी सधै घाटामा नै जाने हो भने तपाइहरु के खाएर बाच्नुहुन्छ ? के गरेर बस्नुहुन्छ ? यो एउटा गम्भिर प्रश्न भयो । यदि केही पनि हुदैन भने, यस्तो घाटाको व्यापार गर्न सक्ने संसारमै नभएको व्यापारिक सिद्धान्तको सफल प्रयोग हामी कहाँबाट गर्दैछौ ? मैले यो बुझ्न सकेको छैन् ।

यसको निम्ती त हामीले अन्तरराष्ट्रिय पुरस्कार पाउनु पर्ने । निर्माता र हलवालाई भन्छु, चलचित्र बनाउदा हाम्रो दुई वटा उद्देश्य छ, मनोरञ्जन र सन्देश । त्यस भित्र लुकेको तथ्य भनेको ब्यापार हो । सुदुरपश्चिमको पहाडी जिल्लाहरु, कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरु, कपिलवस्तुदेखि सप्तरीसम्म हाइवका हलहरुमा नेपाली चलचित्र कती देखाउनु हुन्छ ? कती दिन चल्छ ? हो त्यहाँ देखाउन जानुस् न । नेपाली संस्कृतिलाई जोगाउने त नेपाली चलचित्रले नै होला । यदि तपाईहरु त्यहाँ जानुहुन्छ भने के सहुलियत चाहिन्छ भन्नुहोस्,हामि सधै सहयोग गर्न तयार छौ।

भाषा, मनोरञ्जन, शिक्षा लगायतको हिसाबमा नेपाललाई जोड्नु पर्यो । भुगोल होइन, नेपाली मनहरु जोड्नु पर्यो र कला साहित्यको साक्षत्कार गराउनु पर्यो । नेपाली, मैथिली र भोजपुरीको हलहरुमा चलाउने गर्नुहोस्, जती दिन चल्छ नि त्यसमा के केमा निुशल्क दिनुपर्यो, ट्याक्समा कती छुट दिनुपर्यो ? ल त्यसमा संचार मन्त्रालय तयार । ८० प्रतिशत छुट दिन पनि हामी तयार छौ । तर, एउटा शर्त छ–‘एउटा चलचित्रको नाममा अर्को चलचित्र चलाउनु भएन । हामी पनि दायाँ र बायाँ हेर्ने गर्छौ के । अर्को चलचित्रको बिल आउन मिल्दैन ।

अर्को पनि भन्छु–‘यत्रो धेरै स्थानिय सरकार बनेको छ । त्यसमा हलवाला साथीहरुलाई त्यहाँ पनि चलचित्र चल्छन् र त्यहाँ पनि दर्शक बस्छन् भन्ने विश्वास छ भने वितरकहरु, हलवालाहरु स्थानिय सरकारसँग मिलेर हल बनाउनुस् न । त्यसमा हामी सहयोग गर्न तयार छौ । गाउँ ठाउँमा पनि त्यो चाहिन्छ नि त । २ सय मात्र घर भएको ठाउँमा पनि त मिलेर चलाउन सकिन्छ । त्यस्तो ठाउँमा जानु भयो भने स्थानिय सरकारले नै जग्गा दिन्छ । पछि मुनाफा भयो भने मिलेर लिदा भइहाल्यो ।

हाम्रो हलहरु शहरमा मात्रै छ । चलचित्र क्षेत्रलाई उद्योग भन्नुहुन्छ भने उद्योग कै रुपमा काम गर्नुपर्छ । अब अर्को कुरा । ‘तपाईहरुको संघ संगठन कती वटा हुन्छ ?’ राजनीतिक दलको त सुन्या छु । दुई तिहाईको सरकारमा पनि सभामुख कोसँग बस्छ भनेर समाचारमा पढ्छु । यहाँ पनि उस्तै । यहाँ त कोही सत्ता पक्ष र प्रतिपक्ष हुनुहुन्न होला । कोहीलाई कुर्सी र झण्डा बाड्नुपर्ने पनि होइन होला ? यो त नाफाको उद्योग हो भने सबै नाफा कमाउने काममा लागौँ न ।

यहाँ कुनै चलचित्र यती हप्ता चल्यो, ५१ दिन मनायो, यती करोड कमायो भन्ने सुन्छु । अनि घाटा कसरी भयो ? कि यो वकवासको हल्ला हो, कुनै नाफामा छैनन् भन्ने कुरालाई मान्नुपर्यो । कि घाटामा परेकाहरुले अरुलाई फसाउनको लागि बेपत्ता नाफा छ भनेर ल्याएको छ । ऋणमा डुबाइदिएको छ । फसाइदिएको छ । आखिर सत्य के हो ? आफूले आफूलाई नढाटौँ । नाफा जती निर्माताको, घाटा चलचित्र भवनको । के भिन्नता हो यो निर्माता र हलवालाको ? हलमा चलचित्र गएन भने स्टोरमा परिणत हुन्छ । त्यसैले व्यवहारिक पक्षको खोजी गरौ । हलवालाले पनि चलचित्र निर्माताको भलो सोच्ने गरौ न । यहाँ आएको छ कि, आकाश अधिकारी र प्रदिप कुमार उदयको अलिकती झगडा छ । आकाशजीहरुको ६ महिना चलचित्र चलोस् भन्ने छ । उदयजीको कुरा जे मा नाफा छ तयही चलाउने भन्ने छ । कुरा दुबै ठिक छ । तर, सबैलाई नाफा कुनमा छ भन्ने कुरामा सहमती गर्नुपर्छ ।