घामड शेरे गीत निश्चलको जीवनमा स्वस्तिमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सादा सादा…’ बोलको लिरिकल गीतममा निश्चल बस्नेत र स्वस्तिमा खड्का बीचको प्रेम देखाइएको छ ।

निश्चल र स्वस्तिमाले चलचित्रमा साली भेनाको भूमिका निर्वाह गरेका छन् । कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतले साली र भेनाको सम्वन्धलाई प्रेममा परिणत गर्ने काम गरेको छ । सार्बजनिक गीत बुद्दि सागरको शब्दमा प्रशान्त सुबेदीले स्वर दिएका छन् ।

हेमराज बिसी निर्देशित चलचित्रले सपना पुरा गर्न किनेको जग्गा बाढीले बगाएपछि खोलाविरुद्द नै मुद्दा हाल्ने घामड पात्रको कथा प्रस्तुत गरेको छ ।चलचित्रको कथा, लेखन र निर्माण निर्देशक बिसीको हो ।

चलचित्रमा निश्चल र स्वस्तिमा बाहेक सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रमा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।