‘गीत गजल’ को पहिलो गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘गीत गजल’ को पहिलो गीत सार्वजनिक गरिएको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ । पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । आगामी असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको पहिलो गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतलाई सुरेश काफ्लेले छायाँकन गरेका हुन् ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ । आरोहण क्षेत्री निर्माता रहेको चलचित्रका सह निर्माता सुजन आचार्य हुन् । चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।