‘सानो मन’, ‘बदला’संगै बलिउड चलचित्र ‘सुपर ३०’ प्रदर्शनमा


काठमाडौं । आज शुक्रबारबाट दुई नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । संगै एक बलिउड चलचित्र पनि आजबाट प्रदर्शनमा आएको छ ।

नेपाली चलचित्र ‘सानो मन’, ‘बदला’संगै बलिउड चलचित्र ‘सुपर ३०’ प्रदर्शनमा आएका हुन् ।

सुयोग गुरुङ्गको डेब्यू निर्देशनमा तयार भएको ‘सानो मन’ लभस्टोरी जनरामा निर्माण भएको हो । चलचित्रमा आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा छन् । साथमा गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट, शिशिर वाङदेल, सक्षमकृष्ण सुवेदी, देव कुमार श्रेष्ठ, कृष्णभक्त महर्जन, प्रकाश श्रेष्ठ लगायतको अभिनय छ ।

चलचित्रको कथा समिर सुनवार र निर्देशक गुरुङले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रको निर्मातामा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर रहेका छन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर सम्पादन गरेका हुन् । यो चलचित्रको बिहीबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियरमा चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ ।

यस्तै आजबाट प्रदर्शनमा आएको ‘बदला’लाई समिर मियाँले निर्देशन गरेका हुन् । चलचित्रलाई चन्द्रकान्त चौधरीले निर्माण गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, नम्रता योगी, चन्द्रु चौधरी, राजाराम शाह, मन्जिला चौधरी लगायतको अभिनय छ । गजेन्द्र गजुको लेखन रहेको चलचित्र कमेडी, लभस्टोरी र एक्सन जनरामा निर्माण भएको हो ।

शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सुपर ३०’लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्रमा ऋतिक रोशन र मरुनल ठाकुर, पंकज त्रिपाठी, ननदिश सिंह लगायतको अभिनय छ ।