चलचित्र पत्रकार कल्याणकारी कोषलाई ‘श्री’ बाट २५ हजार सहयोग



सेलिब्रेटी नेपाल । लकडाउनको मारमा परेको चलचित्र क्षेत्र अहिले पनि शुन्य अवस्थामा नै छ । निर्माताहरु चलचित्र रिलिज गर्न आनाकानी गरिरहेको अवस्थामा निर्देशक एभरेष्ट सुर्य बोहराले आफ्नो चलचित्र ‘श्री’ गत शुक्रवारबाट रिलिज गरेका थिए ।

कोरोना त्रासका कारण दर्शकको उपस्थिती कम भएपनि चलचित्र क्षेत्रको चहलपहलका लागि जोखिम लिंदै चलचित्र रिलिज गरेको बताउँदै आएका चलचित्रका टिमले लगातार चलचित्र रिलिजमा सहयोग गर्न दर्शकहरुलाई अनुरोध गर्दै आएका छन् ।

‘श्री’ यहि शुक्रवारबाट दोश्रो हप्तामा प्रवेश गरेको वितरक करण श्रेष्ठले बताएका छन् । चलचित्र दोश्रो हप्तामा प्रवेश गरेको सन्दर्भमा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका टिमले चलचित्र पत्रकार संघ नेपाललाई सहयोग प्रदान गरेको हो ।

चलचित्र पत्रकार संघ नेपालले शुरु गरेको कल्याणकारी कोष अभियानमा चलचित्र टिमले २५ हजार एक सय पाँच रुरुपैंया सहयोग गरेका छन् । राजधानीको बानेश्वरस्थित वान सिनेमाजमा विशेष शोको आयोजना गर्दै निर्मात्री सविता गुरुङ र वितरक करण श्रेष्ठले चलचित्र पत्रकार संघ नेपालको कल्याकारी कोषको लागि उक्त रकम सहयोग गरेका हुन् ।

कार्यक्रममा संघका तर्फबाट अध्यक्ष दिनेश सिटौला, उपाध्यक्ष जीवन पराजुली, महासचिव समीर बलामी, कोषाध्यक्ष प्रदिप कार्की, सचिव रघुनाथ सापकोटा,सचिव बिशाल राई, कार्यसमिति सदस्य आशिष ओली र कार्यसमिति सदस्य सृस्टि पोखरेलको उपस्थिति रहेको थियो । यस्तै चलचित्रका तर्फबाट निर्मात्री सविता गुरुङ, वितरक करण श्रेष्ठ, कलाकार सन्दीप क्षेत्री, भोला सापकोटा लगायत उपस्थित भएका थिए ।

निमात्री सविता गुरुङले चलचित्र पत्रकारहरुको कारण कोरानाकै बीचमा फिल्म ‘श्री’को प्रचार प्रसारमा सहयोग पुगेको भन्दै कल्याणकारी कोषमा थोरै रकम भएपनि सहयोग गरेको बताएकी छन् । यस्तै करण श्रेष्ठले चलचित्र ‘श्री’ ले अहिलेको अवस्थामा पनि काठमाडौंबाटै ७ लाख बढि व्यापार गरिसकेको बताएका छन् । उनले ‘श्री’ ले केही हदसम्म भएपनि चहलपहल बढाएको दावी गरेका छन् ।

चलचित्रमा सन्दीप छेत्री र भोला सापकोटाको अलवा वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, सविता गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सविता गुरुङको निर्माण रहेको चलचित्रलाई उपत्यकामा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।

चलचित्र पत्रकार संघ नेपालले आगामी जेष्ठ ७ गते २० लाख रकम सहतिको कल्याणकारी कोष घोषणा गर्ने छ । जसको लागि संघले कल्याणकारी कोष अभियान शुरु गरेको छ । सो अभियनामा सहभागी भई सहयोग गर्न संघले चलचित्रकर्मी, संघ संस्था र कलाकर्मीलगायतलाई अनुरोध गरेका छन् ।

हालसम्म कल्याणकारी कोषमा निर्माता तथा प्रदर्शक सुमित मैनालीले ५१ हजार र निर्देशक जनकदीप पराजुलीले २५ हजार ५ सय सहयोग गर्ने घोषणा गरिसकेका छन् ।