चलचित्र इन्डस्ट्रीमा आफ्नो पहिचान बनाऊदै नृपेन्द्र क्षेत्रि


Nirpendra-5
(सेलिब्रेटी नेपाल) १० साउन-नेपाली चलचित्रको बजार खस्कि रहे पनि निर्माण कार्य घटेको छैन। त्यस्तै यो क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवती हरुको संख्या पनि बढी नै रहेको छ। यसै क्रममा नेपाली चलचित्र इन्डस्ट्री मा आफ्नो पहिचान बनाउनको लागि आई पुगेका छन् नृपेन्द्र क्षेत्रि। चलचित्र ‘प्राण भन्दा प्यारो’ मा छोटो भूमिकामा अभिनय गरेका नृपेन्द्रले चार पाँच वटा म्युजिक भिडियोमा समेत अभिनय गरि सकेका छन्। हाल उनि चलचित्र हँसियाको सुटिंगमा ब्यस्त छन्। सानो तिनो भूमिका गर्दै आफुमा भएको प्रतिभालाई निखार्दै अलि समय पश्चात सोलो नायक बन्ने उनको चाहना रहेको छ। एन सेलको टी भी एड,पेपर एड,विभिन्न भजन हरुमा अभिनय र्याम बाट मोडलिंग ट्रेनिंग तथा विभिन्न फेशन शो हरुमा सहभागी भई सकेका छन्।
Nirpendra-8
हेरौ सिक्दै जाँउ,मेहनत गर्दै जाँउ समयले कहाँ पुर्याउने छ’ उनि भन्छन। ‘यहाँ प्रतिभा मात्र भएर नहुने रहेछ,अरु थुप्रै कसरत गर्नु पर्ने रहेछ’उनि थप्छन्। अभिनय तथा नृत्य सिकिरहेका गौतम आफु राम्रो कलाकार बनेर नाम कमाउने सोच का साथ यो क्षेत्र प्रवेश गरेको बताउछन्। हाल नेपाली चलचित्र बजारमा नयाँ प्रवेशी युवा युवती हरुको भिडमा नृपेन्द्र निर्माता निर्देशकहरुको रोजाइमा पर्न थालेका छन्। भबिस्यको एउटा सफल कलाकार हुने लक्षण उनीमा देखिएको छ।
नृपेन्द्रको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुस >>>>>>>>>>>>>>>>>>>>>>>>>>>