कलाकर्मीको समस्या बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री बोर्डमा



काठमाडौँ । शुक्रवार फिल्म क्षेत्रको बास्तविक समस्या र अहिलेको अवस्था बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग चलचित्र विकास बोर्डमा पुगेका छन् ।संचार मन्त्री सहित मन्त्रालयका सचिव र सह सचिव लगायतका टोलिले चाबहिलस्थित चलचित्र विकास बोर्डको अनुगमन गरेका हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्र प्रसाद साँखी, सदस्य नरेद्र महर्जनलगायतले मन्त्री गुरुङ्गलाई स्वागत गरेका थिए । बोर्डको अनुगमनमा पुगेका मन्त्री गुरुङ्गले बोर्डको नवरस सभा कक्षको उद्घाटन गरेका छन् । बोर्डले बैठक तथा तालिम र फिल्म सेन्सरको लागि नयाँ नवरस सभा कक्षको निर्माण गरेको हो ।

उद्घाटनपछि बोर्डले आफ्नो स्थापना, उद्देश्य र अहिलेका रणनीतिहरुको वारेमा जनाकारी गराएका छन् । सदस्य सचिव साँखीले प्रस्तुत गरेको प्रस्तुतिमा बोर्डको अहिले सम्मको अबस्थाको बारेमा ब्रिफिङ्ग गरेका थिए । यस्तै बोर्डका अध्यक्ष दाहालले कोरोना प्रभावका कारण फिल्म क्षेत्र शुन्य अवस्थाम रहेको प्रष्ट पारेका छन् ।

फिल्म क्षेत्र शुन्य अवस्थामा हुदाँ हजारौं फिल्मकर्मीहरु बेरोजगार हुनुपरेको भन्दै फिल्म क्षेत्रलाई बिशेष प्याकेज सहित तत्काल शुचारु गर्नुपर्ने हुदाँ यसको लागि आबश्यक सहयोग गर्न मन्त्री गुरुङ्ग समक्ष अनुरोध गरेका छन् ।

हिन्दी फिल्मको विकास शुल्कबाट नेपाली फिल्मको प्रवद्र्धन र विकास गर्न समस्याहरु देखिएकोले बोर्डको लागि छुट्टै बजेट ब्यवस्था गर्न दाहालले मन्त्री समक्ष अनुरोध गरेका छन् । नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसारका लागि बिभिन्न देशमा फिल्म दुत नियुक्ति गर्नुपर्ने आबश्यकता देखिएकोले मन्त्रालयले सबै प्रक्रिया पुरागरि तत्काल फिल्म दुतहरु नियुक्ती गर्न पनि अध्यक्ष दाहालले अनुरोध गरेका छन् ।

फिल्म बिधेयक पास नहुदाँ चलचित्र विकास बोर्डले नीति तथा योजनाहरु र कार्यन्वयन गर्न कठिनाई भएकोले तत्काल फिल्म बिधेयक पास हुनुपर्ने अध्यक्ष दाहालले बताए । छायाँकनका लागि नेपाल, प्रदेशमा छायाँकन स्थल, समाजिक सुरक्षा कोष अन्तर्गत श्रमजीवि फिल्मकर्मीका लागि ब्यबस्थापनलगायतका योजनाहरु अघि बढेको पनि दाहालले जानकारी गराएका छन् ।

मौलिक नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लाने र प्रचार प्रसार गर्नुपर्ने हुदाँ त्यसको लागि मन्त्रालयले आबश्यक बजेट बिनियोजन गर्नुपर्ने बोर्डले जनाएको छ । बक्स अफिसको पूर्ण कार्यन्वयन गरि राज्यको आम्दानीमा समेत बढवा गर्ने गरी बोर्डले आन्तरिक तयारी थालेको समेत अध्यक्ष दाहालले बताएका छन् ।

फिल्म प्रदर्शन नभएसम्म नयाँ फिल्म निर्माण नहुने र निर्माण नभएसम्म हजरौंको रोजिरोटी गुम्ने हुदाँ आबश्यक मापदण्ड सहित तत्काल हल खोल्नुपर्ने समेत अध्यक्ष दाहालले बताए । मन्त्रालयका सचिव हरी बश्यालले चलचित्र बिकास बोर्डले धेरै परिवर्तनहरु गरेको बाताउँदै वस्तुस्थितीमा देखिएका समास्याहरु मन्त्रलायको तर्फबाट समन्वय गर्दै समाधान गरिने बताएका छन ।

बोर्डको सबै समस्या र वस्तुस्थिती वारे जानकारी पछि मन्त्री गुरुङले छिट्टै फिल्मले पनि कोल्टे फेर्ने दावी गरेका छन् । बोर्डको वारेमा ब्रिफ लिदै मन्त्री गुरुङले समस्याहरुको पहिचान गरि क्रमश रुपमा समाधान गर्दै जाने बताएका हुन् । समाजको यथार्थलाई प्रस्तुत गर्ने फिल्म क्षेत्र सबैको नजरमा परेको क्षेत्र भएको कारण यसको विकासको लागि कुनै ढिलासुस्ती नगर्ने उनले बताए ।

नेपाललाई फिल्म सुटिङ्गको लागि केन्द्र र आकर्षण बानाउने गरि काम गर्न मन्त्री गुरुङ्गले बोर्डलाई निर्देशन दिएका छन् । कोरोना भाइरसको जोखिम अन्तर्राष्ट्रिय स्तरमै हाबी भईरहेकोले यसको प्रभाव नेपाल र फिल्म क्षेत्रमा पनि भएको जिकीर गर्दै यथाशक्य यसको सम्बोधन गरिने र फिल्म क्षेत्र चलायमान हुने मन्त्री गुरुङ्गले बताएका छन् ।

मौलिक फिल्मलाई प्रोत्साहन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न समेत मन्त्री गुरुङ्गले निर्देशन गरेका छन् । ‘कलाकार र फिल्म क्षेत्रबाट पनि नेपाललाई समृद्व बनाउन आबश्यक रहेकोले यसलाई सँगसँगै लिएर जानुपर्ने आजको आबश्यकता हो । यसलाई मध्यनजर गर्दै बोर्डको लागि आबश्यक सहयोग गर्न सरकार तयार रहेकोले कतिपनि बिच्चलित नभई काम गर्न बोर्डलाई अनुरोध छ, मन्त्री गुरुङ्गले भने ।’

कोरोना भाइरसलाई परास्त गर्न फिल्म क्षेत्रबाट पनि भुमिका खेल्नुपर्ने मन्त्री गुरुङ्गले बताएका छन् । बोर्डको वारेमा बुझ्न आएको र समस्याको वारेमा पुर्ण रुपमा बुझेर यसको क्रमश समाधनका लागि सरकार तयार रहेको मन्त्री गुरुङ्गले बताएका छन् ।