नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्काको नेतृत्व


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका छन् । शनिबार सम्पन्न १७ औं साधारण सभाबाट प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै संस्थापक अध्यक्ष समेत रहेका खड्का विजयी भएका हुन् ।

खड्काको पक्षमा २१८ मत पर्यो भने लामिछानेले १६१ मत प्राप्त गरिन। दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत ल्याए । यस्तै महासचिवमा चेतबहादुर सिंह राजा (१८७) निर्वाचित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत पर्यो ।

यस्तै सह- कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । उनको पक्षमा २२० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।

त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसीले सर्वाधिक मत ल्याए । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए । सेलिब्रेटी नेपाल डट कमको तर्फबाट नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना !