निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक



काठमाडौँ। निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ । उनका पिता श्यामकुमार खनालको निमोनियाको कारण उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

दिपेन्द्रका पिता श्यामकुमारको ६६ बर्षको उमेरमा उपचारका क्रममा मनमोहन अस्पतालमा निधन भएको हो । खनालका ३ छोरा र एक छोरी छन् । निर्देशक दिपेन्द्र के खनालले चलचित्र ‘दि यूगदेखि यूगसम्म’ निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । ‘पशुपति प्रसाद, आमा’ जस्ता सफल चलचित्र दिएका निर्देशक खनाल चलचित्र ‘चिसो मान्छे र लकडाउन’ निर्देशन गर्ने तयारीमा छन् ।