दीपेन्द्रको’चिसो मान्छे’ को छायाँकन सम्पन्न



काठमाडौँ । दीपेन्द्रकुमार खनालको निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को छायाँकन सकिएको छ । शनिबारबाट चलचित्रको छायाँकन सकिएको हो । २७ दिनमा चलचित्रको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । फागुन १७ गते ललितपुरको महालक्ष्मी मन्दिरमा शुभसाइत गर्दै छायाँकनमा निस्किएको चलचित्रको छायाँकन बाजुरा पुगेर सकिएको हो ।

शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा लेखन तथा छायाँकन निर्देशक खनालकै रहेको छ । स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा सुभाष भुषालको संगीत छ । समाजका चिसो पात्रको रुपमा रहेका मानिसको कथा भन्ने चलचित्र आगामी भदौमा सार्वजनिक प्रदर्शन हुनेछ ।