फागुन १६ मा ‘धुलो’,यस्तो छ फर्स्टलुक


सेलिब्रेटी नेपाल

काठमाडौं: सामाजीक बिषयमा निर्माण गरिएको चलचित्र ‘धुलो’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रधुम्न मिश्रको निर्देशनमा बनेको चलचित्र फागुन १६ गते बाट दर्शकमाझ आउने छ । रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा,प्रधुम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सहनिर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।
निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै ममस्पर्शी कथामा निर्माण गरिएकाले सबै नेपालीले हेर्नुपर्ने बताउछन् । चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।